Inquiry Call us

+977 [1] 5901492, +977 [1] 5901493

21 Jun 2023

फीन इलेक्ट्रो–टेक २०२२ : प्रदर्शनीको दोस्रो दिन १६ हजारभन्दा बढीले गरे अवलोकन

फीन इलेक्ट्रो–टेक २०२२ : प्रदर्शनीको दोस्रो दिन १६ हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौँ / विद्युतीय सामग्री र सेवा प्रवाह सम्बन्धी बृहत् प्रदर्शनी ‘फीन इलेक्ट्रो–टेक २०२२’को दोस्रो दिन अवलोकनकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ । 

आयोजक नेपाल विद्युतीय व्यसायी महासंघकाअनुसार प्रदर्शनीको दोस्रो दिन १६ हजार भन्दा बढीले अवलोकन गरेका हुन् । नेपाली उपभोक्ताहरूको रुची र सामर्थ्य अनुसारका सामग्रीहरूबाट अवलोकनकर्तामा उत्साह बढेको पाइएको छ ।

प्रदर्शनीमा विद्युत प्रविधि क्षेत्रका विज्ञहरूको उपस्थिति बढी रहेको बताइएको छ । प्रदर्शनीमा विद्युतीय क्षेत्रका सरोकारवालाहरूको भेटघाट, छलफल र अन्तर्क्रिया भएका छन् । 

प्रदर्शनीका बाँकी दिनहरूमा सिम्पोजियम समेत रहने छ । विद्युतीय सुरक्षा सम्बन्धी विज्ञहरूका धारणाहरू राख्ने कार्यक्रम पनि रहेका छन् । "प्रदर्शनी निकै उत्साहपूर्ण छ । सोचेभन्दा बढी अवलोकनकर्ताहरू आइरहनुभएको छ । हामी साह्रै खुसी छौँ,” फीनका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले बताए । 

“प्रदर्शनीमा राखिएका नवीनतम र अत्याधुनिक विद्युतीय सामग्रीहरूको अवलोकन जो कोहीलाई लाभदायी छ । अब दुई दिन बाँकी छ । घर बनाइरहेका उपभोक्ताहरू, इलेक्ट्रोनिक व्यवसायी, इन्जिनियर, विद्यार्थीलगायत सर्व साधारणलाई एकपल्ट मेला अवलोकन गर्न अनुरोध गर्न चाहन्छु–” अध्यक्ष पौडेलले भने । 

प्रदर्शनी नेपालको एकमात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण हो । फीन इलेक्ट्रो–टेक– २०२२को नारा ‘नेपालको समृद्धि, उर्जा खपत अभिवृद्धि’रहेको छ । मेलाको टाइटल स्पोन्सर राठी स्वीच एण्ड केबुल (अन्नपूर्ण ग्लोवल इम्पेक्स प्रा.लि.) रहेको छ ।

प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबुल (महालक्ष्मी वायर एण्ड केबुल इन्डष्ट्रिज प्रा.लि.), डायमण्ड स्पोन्सरमा ग्रेटह्वाइट (मित्तल ओभरसिज प्रा.लि.), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (एनजी इलेक्ट्रिकल्स प्रा.लि.) जानकी केबुल (जानकी केबुल इन्डष्ट्रिज प्रा.लि.), लिशा स्वीच (वेलकम टेक्नोल प्रा.लि). र ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) रहेका छन् ।

चार वर्षपछि भएको प्रदर्शनीमा नेपाली उत्पादन लगायत बहुर्राष्ट्रिय कम्पनीका उत्पादनहरू राखिएको छ । गुणस्तरीय सामानहरुको उत्पादन तथा बिक्री वितरण मार्फत उपभोक्ताहरुलाई सुविधा दिनु पनि मेला आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।

फिन इलेक्ट्रो टेक २०२२ लाई भव्यता प्रदान गर्न तथा प्रदर्शनी प्रति ऐक्यवद्धता जनाउन क्तचबतभनष्अ क्गउउयचत को रुपमा नेपाल विद्युत प्राधिकरणको सहभागिता रहेको छ भने सहयोगी संस्थामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल ईञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग, आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत् उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रीकल ईञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामाग्री उत्पादक संघ (निमा), नेपाल इलेक्ट्रिकल कन्ट्राक्टर एशोशियसन र सोसाईटी अफ नेप्लिज आर्किटेक्टस् लगायत लगायत संस्थाहरू रहेका छन् ।

https://arthadabali.com/2022/12/10/35130