Inquiry Call us

+977 [1] 5901492, +977 [1] 5901493

21 Jun 2023

फिन इलेक्ट्रो टेक–२०२२ सम्पन्न, लक्ष्यभन्दा बढीले मेला अवलोकन गरेको महासंघको दावी

फिन इलेक्ट्रो टेक–२०२२ सम्पन्न, लक्ष्यभन्दा बढीले मेला अवलोकन गरेको महासंघको दावी
काठमाडौं २६ मंसिर । विद्युतीय सामग्रीहरुको अन्तराष्ट्रिय स्तरकाृ बृहत् प्रदर्शनी फिन इलेक्ट्रो टेक–२०२२ सम्पन्न भएको छ । नेपाल विद्युत व्यवसायी महासंघले मंसिर २२ गतेदेखि २५ गते आइतबार सम्म काठमाडौं भृकुटीमण्डपमा आयोजना गरेको मेलामा करिव ७० हजारले अवलोकन गरेको महासंघले जनाएको छ । महासंघले सोमबार एक विज्ञप्ती जारी गर्दै मेलामा लक्ष्यभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको जनाएको छ ।
 
 प्रदर्शनीका क्रममा विभिन्न कम्पनी र ब्रान्डका उत्कृष्ट स्टलहरुलाई पुरस्कृत समेत गरिएको थियो । एप्पल ग्रुपको विनय स्वीचले प्रथम स्थान हासिल गरेको थियो भने एनजी इलेक्ट्रिकल्सको इलेक्ट्रा इलेक्ट्रिक दोस्रो र प्रिमियर ओभरसिजको ओरिएन्ट र मित्तल ओभरसिजको ग्रेट व्हाइट तेस्रो भएका थिए । मेलाका क्रममा फिनका पूर्व अध्यक्ष एवं इलेक्ट्रो टेक–२०१२ का संयोजक रामबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई पनि सम्मान गरिएको थियो ।