Inquiry Call us

+977 [1] 5901492, +977 [1] 5901493

21 Jun 2023

विद्युतीय सामग्री सम्बन्धी बृहत् प्रदर्शनी फीन इलेक्ट्रो-टेक २०२२ सम्पन्‍न

विद्युतीय सामग्री सम्बन्धी बृहत् प्रदर्शनी फीन इलेक्ट्रो-टेक २०२२ सम्पन्‍न

विद्युतीय सामग्रीहरुको बृहत् प्रदर्शनी फीन इलेक्ट्रो-टेक-२०२२ सम्पन्न भएको छ । नेपाल विद्युत व्यवसायी महासंघले मंसिर २२ गतेदेखि काठमाडौं भृकुटीमण्डपमा आयोजना गरेको मेला २५ गते आइतबार सम्पन्न भएको हो ।

मेलाको अन्तिम तथा चौंथो दिन आइतबार १६ हजार भन्दा बढीले अवलोकन गरेका छन् । यो सँगैमेला अवलोकन गर्नेको संख्या करिव ७० हजार पुगेको छ । 

1
1
1

नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङले अवलोकन गरेसँगै मेला समापन भएको छ । मेलाको अन्तिम तथा चौंथो दिन आइतबार १६ हजार भन्दा बढीले अवलोकन गरेका छन् । यो सँगैमेला अवलोकन गर्नेको संख्या करिव ७० हजार पुगेको छ । 

प्रदर्शनीका क्रममा विभिन्न ख्यातीप्राप्त कलाकारहरुले पनि मेला आयोजक, विद्युतीय सामग्रीका उत्पादक र सर्वसाधारणमा उत्साह बढाएका थिए । शिवहरि पौडेल, दीपाश्री निरौला, सुरजसिंह ठकुरी लगायत कलाकारहरुले मेला अवलोकन गर्नुका साथै विभिन्न ब्राण्डका उत्पादनहरुको प्रवर्द्धनमा सघाएका थिए । मेलामा लक्ष्यभन्दा बढी अवलोकनकर्ताको सहभागिता रह्यो । फीन इलेक्ट्रोटेक–२०२२ मा करिव ६० हजार जनाले अवलोकन गर्ने लक्ष्य लिइएको थियो । विभिन्न राजनीतिक दलका नेताहरुले पनि मेलाको अवलोकन गरेका थिए । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा एमालेका सचिव योगेश भट्टराई लगायत नेताहरुले मेलाको अवलोकन गरे । 

प्रदर्शनीका क्रममा विभिन्न कम्पनी र ब्रान्डका उत्कृष्ट स्टलहरुलाई पुरस्कृत समेत गरिएको थियो । एप्पल ग्रुपको विनय स्वीचले प्रथम स्थान हासिल गरेको थियो भने एनजी इलेक्ट्रिकल्सको इलेक्ट्रा इलेक्ट्रिक दोस्रो र प्रिमियर ओभरसिजको ओरिएन्ट र मित्तल ओभरसिजको ग्रेट व्हाइट तेस्रो भएका थिए । मेलाका क्रममा फीनका पूर्व अध्यक्ष एवं इलेक्ट्रोटेक–२०१२ का संयोजक रामबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई पनि सम्मान गरिएको थियो । 

विगत २६ वर्षदेखि हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको मेला यसपटक भने कोरोना महामारीको कारण चार वर्षपछि आयोजना गरिएको थियो ।

मेलाको उद्घाटन बिहीबार अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । विद्युतीय सामग्रीका उत्पादक र उपभोक्ताको लागि आयोजना गरिएको मेलाले दुबै पक्षका लागि राम्रो अवसर दिएको बताइएको छ । विगत २६ वर्षदेखि हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको मेला यसपटक भने कोरोना महामारीको कारण चार वर्षपछि आयोजना गरिएको थियो । ‘नेपालको संवृद्धि उर्जा खपत अभिवृद्धि’ भन्ने मुल नारा रहेको चार दिने प्रदर्शनीको प्रदर्शनीमा ७५ वटा स्टल राखिएका थिए । 

प्रदर्शनीमा विद्युत प्रविधि क्षेत्रका विज्ञ तथा प्राविधिकहरुको उपस्थिति बढी थियो । मेलाको तेस्रो र चौथो दिन देशभरका विद्युतीय सामग्री व्यवसायी, उत्पादनकर्ता, डिस्ट्रीब्युटर, डिलर, सप्लायर्सबीच अन्तर्क्रिया एवं व्यापारिक सम्झौताहरु पनि भएका थिए । तेस्रो दिन सार्वजनिक बिदाको दिन भएकाले आम उपभोक्ता सहित विद्यार्थी वर्गको उपस्थिति पनि उल्लेखनीय थियो । 

मेलाको तेस्रो र चौथो दिन विद्युतीय सुरक्षाको विषयमा विचार गोष्ठी अर्थात सिम्पोजियम पनि आयोजना गरिएको थियो । चौथो तथा अन्तिम दिन विद्युतीय सुरक्षा सम्बन्धी गोष्ठी आयोजना गरिएको थियो । यसमा चट्याङ अर्थात लाईटनिङ एरेष्टर र इलेक्ट्रिसिटी लिकेजबाट हुने क्षति न्यूनीकरणबारे प्राध्यापक डा. श्रीराम शर्माले प्रस्तुति दिएका थिए । 

आफ्ना नयाँ प्रविधि तथा उत्पादनलाई चिनाउन मेला सार्थक भएको अध्यक्ष पौड्यालको टिप्पणी छ ।

मेलामा दर्शक तथा व्यवसायीहरुको उत्साहपूर्ण सहभागिताका कारण अन्तराष्ट्रिय कम्पनीका प्रतिनिधिहरु पनि उत्साहित देखिएको र मेला उत्साहपूर्वक सफल भएको नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन) का अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले जानकारी दिए । आफ्ना नयाँ प्रविधि तथा उत्पादनलाई चिनाउन मेला सार्थक भएको अध्यक्ष पौड्यालको टिप्पणी छ ।

विश्वभरव्याप्त आर्थिक मन्दीका बावजुद मेला अपेक्षा गरिएभन्दा बढी सफल भएको नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन)का महासचिव कोमल पोखरेलले बताए । मेलामा अवलोकन गर्ने उपभोक्ता, आर्किटेक्ट बिल्डर्स, होटललगायत विद्युतीय उपकरण सम्बन्धी सबैलाई मेलाले सहयोग गरेको महासचिव पोखरेलको विश्वास छ ।

विद्युतीय सामग्रीहरुको बृहत् प्रदर्शनी फीन इलेक्ट्रोटेक–२०२२ मा स्मार्ट होम्स,चट्याङ प्रतिरोधी उपकरण, प्यानासोनिक ब्राण्डको टच द फ्युचर, सेन्सरयुक्त सीसीटीभी क्यामेरा, अत्याधुनिक ग्यास चुलो,कम्पोष्टिङ मेसिन,फायर प्रुफ एल्लो पाइप विशेष रुचीका उत्पादन रहेका थिए । त्यसैगरी ओके जर्नीको वाइफाइ डिभाइस, अत्याधुनिक एलइडी लाइट, र सेनेटरी प्याड भेण्डिङ मेसिन मुख्य आकर्षण रहेको अवलोकनकर्ताको प्रतिक्रिया रहेको छ ।

 

मेलाको टाइटल स्पोन्सर राठी स्वीच एण्ड केबुल (अन्नपूर्ण ग्लोवल इम्पेक्स प्रा.लि.) रहेको थियो । प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबुल (महालक्ष्मी वायर एण्ड केबुल इन्डष्ट्रिज प्रा.लि.), डायमण्ड स्पोन्सरमा ग्रेटह्वाइट (मित्तल ओभरसिज प्रा.लि.), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (एनजी इलेक्ट्रिकल्स प्रा.लि.) जानकी केबुल (जानकी केबुल इन्डष्ट्रिज प्रा.लि.), लिशा स्वीच (वेलकम टेक्नोल प्रा.लि). र ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) रहेका थिए । 

चार वर्षपछि भएको प्रदर्शनीमा इलेक्ट्रोटेकमा नेपाल र नेपाल बाहिरका ब्राण्डहरु सहभागी भएका थिए ।

नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरणहरु राखिएका थिए । फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्री समेत मेलाका आकर्षण थिए ।

मेला आयोजनाका सहयोगी संस्थाहरुमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल इञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग, आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामग्री उत्पादक संघ (नीमा), र नेपाल इलेक्ट्रिकल कन्ट्रयाक्टर एशोशियसन रहेका थिए ।

केन्द्रबिन्दु संवाददाता  ,काठमाडौँ